एलइडी बल्ब : ९० दिनमा सरकारी मागभन्दा १६ हजारभन्दा बढी उत्पादन गर्न सकिन्छ

maxresdefault (1)

सरकारले विक्रम संवत् २०६२ मा श्रम तथा रोजगार नीति सार्वजनिक गरेको थियो । त्यो नीतिभित्र उसैले रोजगारमूलक लगानीलाई प्रोत्साहन गर्ने, वार्षिक रूपमा योजना तर्जुमा गर्दा रोजगार प्रदान गर्ने दृष्टिकोण लिइने उल्लेख गरिएको थियो ।

तर, सरकार रोजगार सिर्जना गर्नभन्दा देशमा भएको पुँजी कसरी विदेश पठाउने भन्नेतर्फ उन्मुख देखिन्छ । त्यसको प्रत्यक्ष उदाहरण हो ः दुई अर्बको लगानीमा भारतबाट खरिद गर्न लागिएको एलइडी बल्ब । यदि यो रुपैयाँ स्वदेशमै उत्पादन गर्नमा प्रयोग गरिएको थियो भने नेपालमै विश्वस्तरीय कारखाना सञ्चालन गर्न सकिनेमा शंका छैन ।

त्यो सकिँदैन भने चिनियाँ बजारमा सस्तो दरमा पाइने एलइडी बल्बका पार्ट्सहरूलाई ल्याएर जडान गर्ने र त्यसका लागि बेरोजगार युवाको साथ लिने सोच बनाइएको थियो भने पनि स्वदेशी पुँजी स्वदेशमा नै रहन्थ्यो ।

सरकारलाई तुरुन्तै एलइडी बल्ब चाहिएको छ, बल्ब बनाउने पार्ट जोडेर बनाउन निकै समय लाग्छ भन्ने लागेको हो भने कारखाना नै खडा गरेर समेत उत्पादन सुरु भएको ९० दिनमा सरकारी मागभन्दा १६ हजारभन्दा बढी उत्पादन गरेर दिन सकिन्थ्यो । भारतको ठूलो प्लान्टमा प्रयोग भएको ‘जेडभिजन एलइडी बल्ब म्यानुफ्याक्चरिङ’ मेसिनले एक घण्टामा १ हजार बल्ब उत्पादन गर्छ ।

त्यसलाई हामीले पनि खरिद गरेर यदि निरन्तर उत्पादन गर्ने हो भने एक दिनमा २४ हजार र ९० दिनमा सरकारी मागभन्दा १६ हजार बढी बल्ब उत्पादन गरेर दिन सकिन्छ । योभन्दा पनि बढी कार्य क्षमता भएको चिनियाँ ‘ट्रिमवे’ नामको मेसिन (जसको मोडल नम्बर ‘टिपी ३०० भी’) को बजार मूल्य १९ लाख ६० हजार नेपाली रुपैयाँदेखि २१ लाख ६० हजार पर्छ ।

यसलाई अडर गरेको दुई हप्ताभित्र सप्लाई गर्न सकिने त्यसको सप्लायर अलिबाबा डटकमले लेखेको छ । एलइडी बल्ब उत्पादन र पाटर््सहरू जडान गर्न सहयोग गर्ने यस्ता धेरै प्रकारका मेसिन विभिन्न कम्पनीले उत्पादन गर्ने गर्छन् ।

खरिद मूल्य हेर्दा सामान्यतः २० लाखको लगानीदेखि अधिकतम ५ करोडसम्मको लगानीमा नेपालमै विश्वस्तरको एलइडी बल्ब उत्पादन गर्न सकिने देखिन्छ । त्यसका लागि उत्पादन र प्रयोगमा सरकारी सहयोग तथा साथ भने अत्यन्तै जरुरी पर्छ ।

यसका लागि आवश्यक दक्ष जनशक्तिको नेपालमा अभाव छैन । नेपाल सरकारकै मातहतमा रहेको सीप तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटीले नै सञ्चालन गर्ने छोटो अवधिको विद्युत् जडानसम्बन्धी तालिम लिएका धेरै युवाले आफ्नो सीपको उपयोग गर्न पाएका छैनन् । हाल म रहेको साउदी अरबमा यस्ता धेरै युवा भेटिन्छन् जो यही सीप सिकेर देशमा काम नपाएपछि परदेशमा ज्यामी बन्न बाध्य छन् ।

सिटिइभिटीसँग सम्बन्धन लिएका कलेजहरूबाट इलेक्ट्रोनिक्स विषयमा डिप्लोमा गरेका युवाहरूको समेत कमी छैन । उनीहरू सामान्य तालिमको सहयोगमा एलइडी बल्ब उत्पादन गर्ने कारखानामा काम गर्न सक्षम छन् ।

‘सरकारले त्यति ठूलो रकम भारत पठाएर किन्न लागेको बल्ब नेपालमै उत्पादन गर्न सकिन्छ’ भनेर सामाजिक सञ्जालमा गरिएको पोस्टमा कतिपयले कुलमानविरोधी धारणाले हेरेको पाइयो । यो कुलमानको योजना पनि पूरा हुने र बेरोजगारहरूको स्वदेशमै रोजगार बन्ने चाहना दुवैलाई पूरा होस् भन्ने चाहनासहितको धारणाका रूपमा हेर्न म अनुरोध गर्छु ।

हामीले आफंै सामानको उत्पादन गर्नुपर्छ भन्ने सोच नै बनाएनौं । नेपाली उत्पादन र प्रयोगमा निरुत्साहित गर्ने, विदेशी उत्पादनलाई प्रयोग गराउन प्रेरित गर्नेहरूलाई समेत ठेगान लगाउनु आवश्यक छ ।

सरकारी पुँजी विदेशी वस्तु खरिदमा प्रयोग गर्नेलाई समेत भन्नु छ ः त्यो हामी उत्पादन गर्न सक्छौं, उत्पादन गरेर दिन्छांै । नत्र हाम्रा आमयुवा परदेशमा कमाउन जाने र बाकसमा फर्कने दिनहरू बन्द हुँदैनन् ।
कृष्ण चन्द्र बन्जारा  {कारोबार दैनिक मा प्रकाशित लेख }

नेपाल-चीन सम्बन्धका आयाम

कारोबार दैनिकमा प्रकाशीत

नेपालमा प्रजातन्त्र आउनु र चीनमा कम्युनिस्ट पार्टीको शासन सत्ता सुरु हुनुलाई दुवै देशमा नवयुगको जन्म भएको दृष्टिले विश्लेषण गर्ने गरिन्छ । नेपालमा प्रजातन्त्र आउनुभन्दा एक वर्षअघिमात्रै चीनमा कम्युनिस्ट पार्टीको सरकार आएको हो । तत्कालीन समयमा हाम्रो र चिनियाँहरूको प्रतिव्यक्ति आय बराबर थियो । दुवैले वार्षिक २ सय अमेरिकी डलर मुस्किलले आम्दानी गथ्र्याैं ।

एकै समयमा र एउटै आर्थिक बिन्दुबाट माथि उठेको भए पनि हिँड्ने कला र जिउने शैली फरक पर्नाले चीन भने निरन्तर बलियो हुँदै गएको छ । फलतः हामी प्रत्येक सरकारैपिच्छे ऊसँग लगानी माग्न बाध्य छौं । उनीहरूले आगामी चार वर्षमा विश्वकै धनी अमेरिकालाई आर्थिक हिसाबले उछिन्ने योजना बनाएका छन् ।

चीनको योजना निरन्तर सफल हुँदै गएको प्रति अमेरिकीहरूले चिन्ता व्यक्त गर्न थालिसकेका छन् । अमेरिकी राष्ट्रपतिका दाबेदार डोनाल्ड ट्रम्पले त चीनसँगको आर्थिक प्रतिस्पर्धालाई कसरी अगाडि बढाउने भन्ने दृष्टिकोण नै सार्वजनिक गरिसकेका छन् । हाल चीनको वार्षिक प्रतिव्यक्ति आय ६,४१६.१८ अमेरिकी डलरबाट उक्लँदै छ । हामी भने ६८९.८१ डलरको बिन्दुमा कछुवाको तालमा हिँड्दै छौं ।

नेपाल चीनबीच दौत्य सम्बन्ध सुरु भएको ६१ वर्ष पुगेको छ । सन् १९५५ को जुलाई २७ मा चीनको परराष्ट्र मन्त्रालयबाट आएको एक प्रतिनिधि मण्डलले नेपालका उच्चपदस्थ अधिकारीहरूसँग पाँच दिनसम्म वार्ता गरेको थियो । नेपाल र चीनबीच हिमालजस्तै बलियो सम्बन्ध बनाउने उद्देश्य नै वार्ताको विषय थियो ।

फलतः अगस्ट १ मा दुवै देशबीच पञ्चशीलतामा आधारित सम्बन्ध कायम भयो । सोही सम्बन्धबाटै नेपालमा चिनियाँ लगानी भित्र्याउन सुरुवात भएको मान्न सकिन्छ । दौत्य सम्बन्ध कायम भएको एक वर्षपछि सन् १९५६ मा भएको आर्थिक सहायताका लागि भएको सम्झौताबाट नगदै सहयोग हामीले प्राप्त गर्न थाल्यौं ।

तत्काल चीनले हामीलाई ६० मिलियन भारुबराबरको सहयोग प्रदान गर्ने सम्झौता गरेको थियो । उक्त रकमको एकतिहाइ अन्तरराष्ट्रिय मुद्रा उपलब्ध गराउने, दुईतिहाई चिनियाँ सामान पठाउने भएको थियो । उक्त सामान बिक्री भएबापतको पैसा नेपालले नै लिन पाउने निर्णय गरेको थियो । सन् १९५६ देखि हालसम्म नेपालको विकास–निर्माणका लागि थुपै सहयोग प्राप्त भएको छ ।

नेपालमा राजनीतिक र सामाजिक हिसाबले चिनियाँभन्दा भारतीय प्रभाव बढी रहेको भए पनि आर्थिक सहयोगका हिसाबले भने चीन नै अगाडि छ । दुई वर्षअघि भारतीय प्रधानमन्त्री आउने बेलासम्म चीनले नेपालको १ सय १९ परियोजनामा लगानी गर्ने प्रतिबद्धता जनाइसकेको थियो, जसका लागि उसले ७ अर्ब ३० करोडबराबरको लगानी नेपालमा गर्नुपर्ने हुन्छ ।

सो समयसम्म भारतीय प्रतिबद्धता भने २२ वटा परियोजनामा मात्र सीमित थियो । भारतीय प्रधानमन्त्री नेपाल आएपछिका थप दुई आर्थिक वर्षमा नेपालमा लगानी बढाउन चीनले अझ अग्रसरता देखायो ।

पञ्चशीलतामा आधारित पहिलो सम्झौतामा अडिग, भारत तथा अन्य शक्तिराष्ट्रको तुलनामा नेपालभित्र राजनीतिक हस्तक्षेप नगर्ने परम मित्रका रूपमा रहेको चीनको विकासक्रमलाई हामीले बेलैमा आत्मसात् गर्नुपर्छ । उसको त्यही विकासक्रमको सिको गर्दै हामी पनि अगाडि बढ्नुपर्ने थियो ।

यद्यपि नेपालका राजनीतिक नेतृत्वले चीनको लगानी बढाउने भन्ने हिसाबले मात्र भ्रमण गर्ने गरेको पाइन्छ । सिधै भन्नुपर्दा हामी लाजै नमानी विदेशी दाताहरूसँग पटक–पटक थाल थाप्ने जाने गरेका छौं । तर, हामीले प्राप्त सहयोगलाई कसरी सदुपयोग गर्ने भन्ने भन्ने विषयमा कहिल्यै सोच्ने गरेका छैनौं।

हालसम्म चीनका दुई राष्ट्रप्रमुखले मात्र भ्रमण गरेको पाइन्छ । प्रधानमन्त्री टंकप्रसाद आचार्यको पालादेखि केपी शर्मा ओलीको सम्म १४ पटक सरकार प्रमुखहरूले चीन भ्रमण गरिसकेको छन् । महेन्द्रले दुई पटक, वीरेन्द्रले दस पटक, राष्ट्रपति रामवरण यादवले दुई पटक प्रधामन्त्रीहरू कीर्तिनिधी विष्ट, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवाले दोहो¥याएर भ्रमण गरेका छन् ।

चिनियाँ सहयोगका परियोजनाहरूमा हाम्रो कमजोरीका थुप्रै उदाहरण भेटिने गरेका छन् । जस्तै, राजधानीकै शोभा मानिएको ट्रलिबस सेवालाई अहिले कन्टेनरमा थन्क्याउनु, नेपाली युवालाई केही मात्रामा भए पनि बेरोजगार हुनबाट जोगाएको भृकुटी कागज कारखानालाई नाफामै रहेको बेला बन्द गर्नु, चिनी कारखानाहरू रुग्ण पार्नु आदि ।

चीनले कम्युनिस्ट पार्टीको एकतान्त्रिक शासन व्यवस्था पाएकाले मात्र समृद्धि हासिल गरेको होइन । उसले सही नेतृत्वकर्ता भएको बेलामा उपयुक्त नीति–नियम अपनाएका कारणले नै आर्थिक क्रान्ति गरेको हो । वैदेशिक लगानीलाई जतिसक्दो भित्र्याएर स्वदेशी लगानीकर्ताहरूलाई बाहिरिन नदिने वातावरणको निर्माणले नै विकासको शिखर चुमेको हो ।

नेपालमा चीनलगायतका देशहरूबाट लगानीहरू आएका कारण केही मात्रामा विकासको गति बढिरहेको छ । यद्यपि स्वदेशी लगानीको सुरक्षाको वातावण भने छैन । राजनीतिक संक्रमण र अस्थिर सरकारका कारण कतिपय स्वदेशी व्यवसायी विदेश पलायन भएका छन् । यो क्रम निरन्तर बढ्दो छ ।

त्यस्तै स्वदेशी वस्तुको व्यापार चीनले अन्तरराष्ट्रिय रूपमा व्यापक वृद्धि गराएको छ । तुलनात्मक रूपमा सस्तो सामान खोज्ने उपभोक्ताको मनोविज्ञानलाई आधार बनाएर उत्पादन गरेका वस्तुको सहयोगमा उसले विश्व बजारमा युद्ध नै छेडेको मानिन्छ ।

यही उपायलाई हात लिएर चीनले विश्व व्यापार संगठनको सदस्यता लिएयता थुप्रै उद्योग कलकारखानाहरूलाई बन्द नै गरिदिएको छ । उक्त सदस्यता पाए यता अमेरिकाकै चिनियाँ वस्तुका कारण ७० हजार कलकारखाना बन्द भए, कुल गार्हस्थ्य उत्पादनको औसत दरमा ५० प्रतिशतले कमी आयो ।

हामी भने ६ खर्ब ८१ अर्बबराबरको वस्तु आयात गर्छाैं, निर्यात जम्मा ६१ अर्बबराबरको मात्र गर्छाैं । हामी र हाम्रा राजनीतिक नेतृत्वले आयातित वस्तुको दरभन्दा निर्यातित वस्तुको मूल्य बढाउने लक्ष्य कहिले बनाउने ? तत्कालीन समयमा हाम्रो नेतृत्वले चीनसँग सिक्नैपर्ने पक्षलाई हेर्दा शासकैपिच्छे नीतिनियम परिवर्तन हुने हाम्रो परिपाटी कसरी बन्द गर्ने भन्ने देखिन्छ ।

चीनमा होस् या त अन्य विकसित देशहरूमा दीर्घकालीन विकास लक्ष्यप्रति फेरिने शासकहरू बफादार रहन्छन् । फलस्वरूप विकास–निर्माणहरू बढ्दै जान्छन् । चीनमा कम्युनिस्ट पार्टीको शासन आएपछिको महत्वपूर्ण पक्ष भनेकै उसका नयाँ नेतृत्व महत्वपूर्ण नीतिनियमहरूप्रति बफादार हुनु हो । जब देशका नीतिनियमहरू बदलिएका बदलियै हुन्छन्, तब त्यसले स्वदेशी व्यवसाय र व्यापारहरूमा प्रत्यक्ष असर पर्दै जान्छ ।

फलतः आर्थिक घाटाको बाटो निर्माण हुन थाल्छ । त्यस्ता नियम बनाउँदा वैदेशिक सहयोग र लगानीबिनाका के–कस्ता नीतिनियमहरू अपनाएमा हामी माथि उठ्न सक्छौं त ? भन्ने विषयमा पनि व्यापक खोजी कार्य गरौं । कतिपय महत्वपूर्ण र ठूला परियोजनाहरूमा हामी वैदेशिक सहयोगबिना अगाडि बढ्न सक्दैनौं । त्यसका लागि सम्बन्धित देशको सहयोग लिनैपर्ने हुन्छ ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा निस्कँदा चर्चामा आएको र चीनले प्रतिबद्धता जनाएको रेल एउटा त्यसको उदाहरण हो, जसका लागि व्यापक लगानीको खाँचो पर्न सक्छ । रेल निर्माण नेपालमा चीनले अन्य परियोजनामा गरेको सहयोगभन्दा कैयौं गुणा महत्वपूर्ण परियोजना पनि हो ।

नेपाल हुँदै दक्षिण एसियामा आफ्नो पहुँच विस्तार गर्ने चीनको लक्ष्यमा वर्तमान सरकारले समेत साथ दिनु आवश्यक छ । किनकि यही रेलको माध्यमबाट हामीले आर्थिक समृद्धि हासिल गरेका दुई देशहरू भारत र चीनमा पुलको काम गर्ने अवसर पाउँछौं  ।

चीनले समेत चासो दिएको अवस्थामा हामीले पहल नगरे विश्वकै सबैभन्दा उच्च भूभाग तिब्बतमा समेत रेलमार्ग दौडाएको चीनजस्तो अनुभवी सहयोगी हामीले पाउन सक्दैनौं । उसले तिब्बतमा रेल दौडाउनुअघि २५ अर्ब चिनियाँ युआन कुल गार्हस्थ्य उत्पादन रहेको थियो भने रेल दौडिएको १० पछि १ खर्ब चिनियाँ युआन पुगेको बताइन्छ । यही तथ्यांकलाई हेर्दासमेत यो योजना अन्यभन्दा हाम्रो स्तर उकास्न अन्यभन्दा महत्वपूर्ण छ ।

कहिले तोडिने बेरोजगारीको चक्र ?

कारोबर दैनिकमा प्रकाशीत

नेपालमा बेरोजगारीको चक्र कहिलेदेखि चल्न थाल्यो होला ? त्यही चक्रको दलदलमा फसेर कहिलेदेखि नेपाली युवाहरूको रगतको टाटो परदेशमा लतपतिन थाल्यो होला ? त्यसको उत्तर खोज्न धेरै गाह्रो छैन् ।

चीनतिर भोटमा जाँदा मदनलाई बाटोमा छाडेर आएको लक्ष्मीप्रसाद देवकोटाको कथा हामीमाझ जिउँदो छ । फकल्यान्डको टापुमा लडाइँ लड्दाको कथा सुनाउने हजुरबाहरू पनि जिउँदै छन् । ती हजुरबाहरूलाई सोध्ने हो भने उनीहरूले ‘हाम्रा बा कमाउन बर्मा गएका थिए, पाकिस्तान गएका थिए’ सम्म भन्न सक्छन् । हजुरबुवा अथवा जिजुबुवाको पालादेखि सुरु भएको वैदेशिक रोजगारीको चक्र यसरी बढ्दै छ कि त्यो कहिले रोकिएला ? भनेर कसैले सोध्यो भने त्यसको उत्तर सक्ने भेटिन मुस्किल छ ।

सन् १८१५ डिसेम्बर २ मा सुगौली सन्धि भएपछि बेलायत सरकारले पहिलो पटक ४ हजार ६ सय १५ जनालाई आफ्नो सैनिकका रूपमा भर्ती दियो । अन्य देशमा लाहुरे संस्कारका रूपमा कमाउन जाने प्रचलन यही बेलादेखि सुरु भएको मान्न सकिन्छ । यसैको अन्तरालमा ४ हजारबाट सुरु भएको वैदेशिक रोजगारीमा जानेहरूको मात्र संख्या ४० लाखभन्दा बढी भएको छ । यसबीच हजारौं युवाको रगत परदेशमा बगिसकेको छ । मृत्यु हुनेको संख्या हरेक दिन बढिरहेको छ । हामीले १२ वर्षअगाडि इराकमा एक दर्जन युवाको हत्या भएको घटना बिर्सेका थिएनौं । केही दिनअघि अफगानिस्तानमा उस्तै घटना घट्यो । यस्ता घटनाहरू कहिले रोकिएलान् ? जबसम्म चल्दै आएको बेरोजगारी चक्र तोडिने योजना देशमा बन्दैन तबसम्म यस्तो जोखिम पनि कायमै रहिरहनेछ ।

  • कम आयस्रोत हुनेलाई आरक्षण

एकातिर बेरोजगारको संख्या बढिरहेका बेला सरकारी स्तरबाट आरक्षणको व्यवस्था नेपालमा अवलम्बन गरिएको छ । नेताहरूले त्यो भनेको समावेशीकरण पनि हो भन्ने हिसाबले परिभाषित गरेका छन् । यसरी अपव्याख्या हुँदा यो व्यवस्थाले सरकारी जागिर खान एउटै पदमा तीनतिरबाट एउटै मान्छेले आवेदन दिइरहेको लज्जास्पद दृश्य देखिएको १० वर्ष हुनै लागेको छ । २०६४ सालमा निजामती सेवा ऐनमा गरिएकोे आरक्षण व्यवस्थाले नेपालमा पटक–पटक गृहमन्त्री भएका विजयकुमार गच्छादारको छोराले थारु भएका कारण सरकारी कोटा र आरक्षण पाउने तर उनकै घरमा दूध बेच्न जाने यादवको छोराले भने खुला पदमा सबैसँग भिड्नुपर्ने उदाहरण बनाएको छ ।

मीनबहादुर गुरुङको छोराले कोटा र आरक्षण थापिरहँदा उसकै भाटभटेनी सुपर मार्केटमा सरसफाइ गर्ने पाण्डेको छोराले अवसर नपाउने अवस्थाको सिर्जना गरेको छ । यो व्यवस्थाले के साँच्चै पछाडि परेका जातजातिलाई प्रतिनिधित्व बढाउन सफल भयो त ? यस विषयमा केही समयअगाडि त्रिभुवन विश्वविद्यालयको मानवशास्त्र तथा सामाजशास्त्र विभागले गरेको विस्तृत अध्ययनले सबै जातजातिलाई प्रतिनिधित्व गराउन नसकेको निचोड निकालेको छ । नेपालमा तुलनात्मक रूपमा ठूलो जनसंख्या रहेका मगर, थारु, तामाङ, मुसलमान, राई, गुरुङ, लिम्बू, विश्वकर्माजस्ता जातिहरूमध्ये कतिपय जातिको प्रतिनिधित्व अवस्था अझै शून्यकै अवस्थामा रहेको प्रतिवेदनमा उल्लेख छ । निजामती सेवा ऐनमा निश्चित प्रतिशतद्वारा पदपूर्ति गर्ने व्यवस्था हरेक १० वर्षमा पुनरावलोकन गर्नुपर्ने उल्लेख छ । उल्लिखित व्यवस्थाअनुसार पुनरावलोकन गर्ने हो भने पहिलो संशोधनका लागि यो अन्तिम वर्ष हो । आगामी वर्ष यसलाई संशोधन मात्र होइन, परिष्कृत गर्नुपर्नेसमेत आवश्यकता छ । जातजाति, लिंगका आधारमा कसैलाई विभेद गरिनुु जसरी अपराध हो, त्यसरी नै एउटै जात र लिंगलाई मात्र आरक्षण र सुविधा दिइरहनु पनि विभेद सिर्जना गर्नु नै हो ।

राज्यको नजरमा सबै जात, सबै लिंग एउटै हुनु आवश्यक छ । आरक्षण व्यवस्थालाई निरन्तरता दिने हो भनेचाहिँ प्रतिस्पर्धीमध्ये सबैभन्दा कम आयस्रोत भएको व्यक्तिलाई आरक्षण दिनु आवश्यक छ । परिवारका एक जना पनि सदस्य सरकारी जागिरमा नरहेको, आय आर्जनको उपयुक्त माध्यम अपनाउन नसकेको व्यक्तिलाई आरक्षण दिने हो भने न्यून स्तरको गरिबका छोराछोरी देशमै अडिनेछन् । मध्यम र उच्च आयस्रोत भएकासँगको उनीहरूको खाडल बिस्तारै पुरिदै जानेछ र समानताको विकाससमेत गराउनेछ ।

  • विश्वस्तरको जनशक्ति उत्पादन

राज्यले देशभरि सामुदायिक विद्यालयहरूमा निकै ठूलो लगानी गरेको छ । तालिम भत्ता, किताबहरूका लागि आफ्नै पैसा हालेको छ । शिक्षकमाथि त पूर्ण लगानी गरेको छ नै, एसएलसी दिन तयार भएको एउटा विद्यार्थीमाथि समेत राज्यको लगानी करिब रु. १३ हजार ५ सय ९ पर्ने गरेको नेपाल अभिभावक संघको अध्ययनमा उल्लेख छ । यति हुँदाहँुदै पनि ग्रेडिङ सिस्टमको रिजल्ट आउनुभन्दा अगाडिकोे अवस्थालाई भन्नुपर्दा सामुदायिक विद्यालयमा पास हुने र निजीमा पास हुनेको अन्तर २७ प्रतिशत र ७३ प्रतिशतको थियो । यो वर्षदेखि सबै जना ग्रेडिङ सिस्टमअनुसार पास हुने भएका छन् । एसएलसी पास गरेर अझै बढी पढेको एउटा युवा र सोही विद्यालयबाट कक्षा पाँचमै विद्यालय छाडेको अर्काे युवा परदेशमा एकै ठाउँमा लेबर बन्नुपरेको देख्दा सबै पास हुने सिस्टम ठीकै हो भन्ने लाग्छ । जब एसएलसी पास हुने र फेल हुनेको राज्यमा मूल्य एकै छ भने उसले सबै पास गर्ने सिस्टम ल्याउनु नौलो पनि होइन ।

कुनै बेला नेपालभन्दा निकै पछाडि रहेको दक्षिण कोरियाले हामीबाट श्रमिक लान थालेको छ । थाइल्यान्ड, श्रीलंकालगायतका देश हामीभन्दा निकै अगाडि बढिसकेका छन् । यसको खास कारण भनेको उनीहरूले अवलम्बन गरेको उपयुक्त शिक्षा पद्धति नै हो । शिक्षामाथि परेको राज्यको लागानी, अभिभावकको लगानी, दातृ निकायको लगानीलाई बालुवामा पानी खन्याएजस्तो नबनाउने हो भने व्यावसयिक शिक्षाका प्रतिष्ठानहरू विस्तार गर्ने र देशभरका सबै सरकारी विद्यालयलाई रूपान्तरण गर्नु आवश्यक छ, जहाँ विश्वस्तरका जनशक्तिहरूको उत्पादन होस् । नेपाली युवाहरूले खाडीजस्ता सस्तो श्रम बजारमा होइन; अमेरिका, बेलायतजस्ता उच्च खाले श्रमबजारमा आफूलाई प्रतिस्पर्धी बनाउन सकून् । लेबर मात्रै बन्न कोही पनि परदेश जानु नपरोस् ।

सरकारले उपयुक्त युवा नीति अपनाएर उनीहरूलाई प्राथमिकता दिन ढिला भइसकेको छ । उसले कस्ता युवा परदेश पठाउने र कम्तीमा कस्तालाई चाहिँ स्वदेशमै रोक्ने भन्ने निर्णय छिटै गर्नुपर्छ । त्यसो गर्न सक्दैन भने पुरुष परदेश जाँदा महिलाले स्वदेशमै कमाउन सक्ने बाटो मात्रै बनाइदियो भने पनि एक प्रकारले युवा पलायन रोकिन्थ्यो । पुरुषको संख्याको तुलनामा महिलाहरू ६ प्रतिशत मात्र परदेश गइरहेका छन् । यो बिस्तारै बढ्दै छ । कमाउँछु र सुखी हुन्छु भन्ने आशाले परदेश गएर आएका महिलाहरू झन् उच्च डिप्रेसनको सिकार भइरहेको हेल्भिटास नेपालले भर्खरै प्रकाशित गरेको अध्ययनले जनाएको छ । स्वदेशमै त महिलाहरू हिंसाको सिकार हुन्थे भने परदेशमा उनीहरू कसरी सुरक्षित हुन सक्छन् ? कम्तीमा महिलाहरू स्वदेशमै रोजगार हुने वातावरण बन्नु आवश्यक छ । एक जनाले कमाउने र परिवारका अन्य सदस्य सोही कमाइको आधारमा टिक्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ ।

रुग्ण उद्योगहरूको पुनर्जीवन जरुरी

कारोबार दैनिकमा प्रकाशीत

नयाँ सरकार फेर्ने राजनीतिक खेल चलिरहेको छ । वर्षको एकपटक सरकार बदल्ने हामी नेपाली सधैं स्थिर सरकारको अपेक्षा गरिरहेका छौँ, जसले देश र जनतालाई आत्मनिर्भर भएर बाँच्न बाटो देखाओस् ।

महाभूकम्पका बेला बजारमा ब्रह्मलुट चल्यो । आपत्का बेला व्यापारीहरूले सेवाभाव बिर्सिए । महँगी चर्काए । सरकारी लगानीको नाफामूलक उद्योगको एउटै उदाहरण बाँकी रहेको नेपाल टेलिकमबाट आफन्तको हालखबर सस्तो र सुलभ ढंगबाट लिन पायौँ । छुटेका आफन्तसँग न्यास्रो पोख्दै गर्दा बजार र औद्योगिक क्षेत्रमा सरकारको उपस्थितिको हामीले सबैभन्दा धेरै त्यतिबेलै कमी महसुस ग¥यौं । यस्तै दुःखको सामना हुँदै गर्दा छिमेकी देश भारतले लगाएको नाकाबन्दीले त ‘जनता मात्र होइन, देश पनि आत्मनिर्भर भएन भने छिमेकीले पनि हेप्दा रहेछन्’ भन्ने महसुस ग¥यौं । बन्द भएका सरकारी उद्योगहरूको सेवा यस्तै आपत्मा बहुमूल्य हुने थियो भन्ने चाल पायौं । बन्द–हड्तालका बेला पनि चलिरहने साझा यातायातको प्रतीक्षा गर्दै गर्दा, जताततै सिन्डिकेट र निजी क्षेत्रको एकाधिकार चल्दा, आयल निगमले दिएको तेल थापिरहँदा पनि हामीले सरकारी लगानीको उद्योग मार्नु देशका लागि अभिशाप रहेछ भन्ने चाल पायौँ । सरकार बदल्ने माहोल बन्नुभन्दा अघि बजार अनुगमन हुँदा भेटिएको कीरा, नक्कली औषधि, अनुमति नलिएका औषधि पसल, गुणस्तरहीन पानी कारखाना, तौल बिगारिएका ढक–तराजु, मिति सकिएका खाद्यसामग्रीले निजीकरणको नाममा बजारमा सरकारको उपस्थिति र लगानी ठप्प पार्दाको परणिाम कस्तो हुँदो रहेछ भन्ने प्रस्ट भयौं । सरकार बदल्ने चाल चलिरहँदा हामी यस्तो सरकारको मात्र अपेक्षा गर्न सक्छौं जसले कम्तीमा विगतमा चलेका र अहिले तिनका भौतिक संरचना मात्र बाँकी रहेका सरकारी उद्योगलाई पुनर्जन्म गराउने प्रयत्न गर्न सकोस् । परिणाम त स्वदेशमै दसौं हजार युवाले रोजगारी पाऊन् । देश र जनता दुवै आत्मनिर्भर गराउने यो बाटोमा दिलो ज्यानले प्रयत्न गर्न उद्यत् होस् ।

विकल्प : सेयर पुँजी

करिब ५० वर्षअघि दक्षिण कोरियाका नागरिक अन्य देशमा कामदारका रूपमा जान्थे । उनीहरू रोजगारी गर्ने क्रममा कतार, दुबईमा मात्र होइन, नेपालमा समेत बाटो खन्ने, हाइड्रोपावर बनाउने काम गर्न आएको पुराना प्रशासकहरू बताउँछन् । अहिले उनीहरू नै विश्वका विभिन्न देशबाट कामदार मगाउँछन् । नेपाली कामदारहरू मात्रै ३५ हजार भित्र्याएका छन् । अन्य सस्तो श्रमबजारको दाँजोमा बढी नै तलब दिएका छन् ।

केही समयअघि नेपालका लागि कोरियाली राजदूत यङ जिन चोइले विश्वभाषा क्याम्पसमा कोरियाली भाषा पढ्ने विद्यार्थीमाझ आफ्ना अनुभव सुनाएका थिए । उनले आफ्नो अनुभव साट्ने क्रममा साथमा कहिल्यै नछुट्ने, अफिस कोठा र घरको भित्तामा समेत झुन्डिने गरेको दुईवटा फोटा देखाए । पहिलो फोटो थियो : उनको बाल्यकालको, दिदीको साथमा खिचिएको फोटोमा उनी आफू जन्मिएको घर अगाडि उभिएका थिए । सानु र झुपडीजस्तो घरको छेउमा एउटा फूलको झ्याङ पनि देखिन्थ्यो । ‘म जन्मिएको घर र अहिलेको बाग्मती किनारमा बस्ने सुकुम्बासीको घरमा केही फरक थिएन,’ चरम गरिबीले भरिएको आफ्नो बाल्यकाल सम्झँदै उनले यही शब्द प्रयोग गरेका थिए । दोस्रो फोटोचाहिँ नेपालका लागि राजदूत भएर हाम्रै पूर्वराष्ट्रपति रामवरण यादवसँग ओहदाको प्रमाणपत्र लिइरहेका बेलाको थियो । आफ्नो बाल्यकालको अवस्थामा अहिलेको नेपाल रहेको र त्यतिबेला श्रम गर्न जानेहरूको पुँजी र सीपलाई सदुपयोग गरेकै कारण कोरिया अहिलेको अवस्थामा पुगेकाले त्यही बाटोमा जान सके हाम्रो पनि सफलता नजिकै रहेको उनले सुनाएका थिए । हामीले पनि त्यही बाटोमा नगई सुखै छैन । विश्वभरि कमाउन गएका कामदारहरूको कमाइलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने वातावरण निर्माण गर्नुको विकल्प छैन ।

अहिले नेपालमा कोरियाबाट नेपाली कामदारले औसत मासिक १ लाखका दरले ३५ अर्ब रुपैयाँ पठाउने गर्छन् । खाडी मुलुकमा कार्यरत करिब ३० लाख नागरिकबाट औसत ४० हजारका दरले मासिक १२ अर्ब रुपैयाँ आउने गर्छ । वैदेशिक रोजगारीमा जानेहरूले मात्रै मासिक नगद १५ देखि ३५ अर्ब रुपैयाँसम्म नेपाल पठाउँछन् । त्यत्रो पैसा कहाँ लगानी भएको छ त ? भनिन्छ, पैसाले पैसा तान्छ तर तथ्यांकहरूले त्यो पैसा नेपालमै बसेको र थप पैसा तान्न प्रयोग भएको फिटिक्कै देखाउँदैन । राष्ट्र बैंकको अध्ययनले परदेशीहरूले नेपाल पठाउने रकममध्ये २८ प्रतिशत मात्र परिवारले बचत गरिदिने गरेको देखाउँछ । बाँकी पैसा कहाँ गएको छ त ? गत वर्ष मात्रै सार्वजनिक भएको दोस्रो घरपरिवार सर्वेक्षणले प्राप्त रेमिट्यान्सको ७९ प्रतिशत रकम दैनिक उपभोग्य सामग्री किन्नमै प्रयोग हुन्छ । विदेशबाट आयातित वार्षिक ४२ करोडको चुइगम मात्र चपाउने हामी नेपालीले गत एक वर्षभित्र ६ खर्ब ८१ अर्बबराबरको तिनै उपभोग्य वस्तु आयात गरेका छौं । हाम्रो कमाइ त्यही आयातित वस्तुमार्फत विदेशतिरै फर्किएको छ ।

स्वदेशमै पुँजी रोक्ने सबैभन्दा नजिकको विकल्प भनेको कम्तीमा भौतिक संरचना केही मात्रामा भए पनि बाँकी रहेका सरकारी उद्योगको पुनःस्थापना र पुनःसञ्चालन नै हो । यसका लागि अरब राष्ट्रमा प्रयोग भएको कुल सेयर पुँजीमा आधारित लगानीको उपाय नेपालका लागि विकल्प बन्न सक्छ । अरबमा बन्द हुनै लागेका केही उद्योग अहिले यही विकल्पमा रूपान्तण हुँदा सबैभन्दा धेरै कामदार भिœयाउने उद्योगका रूपमा चिनिन थालेको पाइएको छ । उनीहरूले अहिले आफ्ना त्यस्ता उद्योगमा राम्रा र हाम्रा होइन, दक्ष व्यवस्थापकहरू युरोपजस्ता देशबाट ल्याउने गरेका छन् । सरकारी हस्तक्षेप, राजनीतिक नियुक्तिबिना आएका त्यस्ता व्यवस्थापकहरूकै कारण उद्योगहरूको सफलता दिन दुई गुणाका दरले बढ्दो छ । यो विकल्पमा जाने हो भने नेपाल सरकारले लगानीका लागि अन्य दातृ निकायसँग हात जोड्नु पर्दैन । मात्र वैदेशिक रोजगारीमा गएका नेपालीहरूको लगानीले मात्रै पनि ती उद्योगको पुनःस्थापना गर्न सकिन्छ । सरकारले ती उद्योगको पुनःस्थापना गर्न लाग्ने रकमको केही हिस्सा सेयर आफूले पनि बेहोर्ने, वैदेशिक रोजगारीमा जानेहरूलाई लगानीको प्रोत्साहन र उनीहरूको लगानीको सुरक्षाको प्रत्याभूति दिने योजना बनाउने, राजनीतिक र सरकारी हस्तक्षेपबिनाको निजी व्यवस्थापन शैली पुनः स्थापित उद्योगमा अपनाउने हो भने सजिलै त्यस्ता उद्योगको फेरि जन्म हुन सक्छ ।

राजनीतिक धारको स्पष्टता

पञ्चायती व्यवस्थाको अन्त्य भई २०४६ सालमा प्रजातन्त्रको पुनःस्थापना भयो । यसले धेरै सरकार जन्मने मौका पनि पाए, तर पञ्चायती व्यवस्था कायम रहने बेलासम्म नाफामा चलेका उद्योगहरू यो या त्यो बाहनामा तिनै सरकारको कारण मृत्यु हुँदै गयो । हामीलाई पत्यार नलाग्न सक्छ तर नेपाली बजार मात्र होइन । छिमेकी देशको बजारको हिस्सासमेत तिनै उद्योगले ओगटेका थिए । स्वदेशलाई आत्मनिर्भर बनाएका थिए । ट्रली बस, साझा बस, नेपाल एयरलाइन्स, जनकपुर रेल्वे, उदयपुर सिमेन्ट कारखाना, भृकुटी कागज कारखाना, विराटनगर जुट मिल, सर्लाही चिनी कारखाना, बाँसबारी छालाजुत्ता कारखाना, जनकपुर चुरोट कारखाना, हेटौंडा कपडा उद्योग, हेटौंडा–काठमाडौं रोपवे, गोरखकाली टायर उद्योग, बुटवल धागो कारखाना, वीरगन्ज चिनी कारखाना, कृषि औजार कारखाना, इलाम चिया कारखाना, चोभारको हिमाल सिमेन्ट कारखाना, लुम्बिनी चिनी कारखाना, भक्तपुर इँटा कारखाना, ललितपुर हरिसिद्धि टायल कारखाना, सुनवल चिनी कारखानाजस्ता कुनै बेलामा चर्चित र नाफामूलक उद्योगहरू अहिले मरेको देख्दा जो–कोही नेपालीको मन दुःखेको छ । त्यस्ता उद्योगहरूलाई मारेर देश र जनताको रोजीरोटीमा धक्का दिने गरी जन्मिएका त्यस्ता सरकारहरूलाई धिकार्नसमेत मन लाग्छ ।

राजनीतिक धार जे भए पनि त्यस्ता उद्योगहरू देशको हितका लागि हुन् भन्ने हेक्कासमेत नभएका राजनीतिक नेताहरू बेलाबेलामा सहमतीय शैलीे बखान गर्छन् । उनीहरूको सहमतीय राजनीतिक विषय सत्ता परिवर्तनबाहेक अन्य कुन समयमा प्रयोग हुन्छ ? निजी क्षेत्र बलियो हुनुपर्छ भन्ने ‘लोकतान्त्रिक धार’ वालालाई के सरकारी उद्योग चाहिँदैन ? सरकारी नियन्त्रणको बजारको कुरा गर्ने कम्युनिस्टहरूले के सरकारी उद्योग र संस्थानहरूलाई मर्न नदिन भूमिका खेल्नु पर्दैन ? पञ्चायत कालमा जनकपुर चुरोट कारखाना उत्पादन सुरु गरेपछि विदेशबाट चुरोट ल्याउन प्रतिबन्ध गरिएको थियो । बासबारी छाला जुत्ता कारखाना बनेपछि विदेशबाट जुत्ताको प्रयोग निरुत्साहित गरिएको थियो । के प्रजातन्त्र आएपछि स्वदेशी उद्योग र कलकारखानाको उत्पादनले स्वदेशी बजारमै ठाउँ नपाउने नीति नियम बनाउनु ठीक थियो ? राजनीतिक दलहरूले अगामी सरकारका लागि विभिन्न बुँदे सहमति गर्ने बेलामा यो विषयमा पनि स्पस्ट धारणा सार्वजनिक गर्नुपर्छ । अझै सरकारी उद्योग मर्दै जानु सरकार र जनताका लागि सह्य कुरा होइन ।

कसले मन पराउँछ र ? ‘बुर्चा’ वाला !

Conceptual image of human brain in colorful splashes

‘दिमागलाई बेलाबेलामा ‘बुर्चा’ नबनाए त भुतुकै मरीन्छ । ज्यानै नगए पनि निरासाले किलकिल पार्छ ।’ केन्याको साथीले अंग्रेजी भाषामा एक दिन यसो  भन्यो। क्या रछ त ‘बुर्चा’ भनेको ? मैले पनि अंग्रेजीमै उसलाई सोधेँ ।

केन्या भषाका करिव ५/६ शव्द सिकाई सकेको उसले नेपाली भने हामी बाट एक दर्जन भन्दा बढी शव्द सिकी सकेको छ । ‘भोक लाग्यो । चिया पियो । औला च्यापीयो । खाना खायो ।’ त खररै भन्न सक्ने भएको छ । तर उसकै  ‘बुर्चा’ शव्दको  अंग्रेजीमा ठ्याक्कै मिल्ने उत्तर नभेटेर भने उ आफै घोत्लीएको घोत्लीयै भयो  । निन्द्राबाट झस्के जस्तो ‘झसक्क’ झस्कीएर त्यसलाई उदाहरण बाट प्रश्ट पार्न खोज्यो ।

‘सेमसेम लाईक’  पेप्सीलाई एक्कासी हल्लाउँदा बिर्काे तोडीएर निस्कीएको गुँजुजु आवाज, स्थीर रहेको समुन्द्रमा एक्कासी आँधी आउँदा आँउने बेग, ऋणले थला परेको मान्छेले सोचे भन्दा अत्याधीक पैसा बाटोमा भेटाउँदा देखिने उत्साह ! त्यस्तै  त्यस्तै । कालो ज्यान भएको उसले आफनो सेतो दाँत चम्काएर यति चम्कीले कुरा ग¥यो कि त्यो भनेको उत्साहीत, प्रमोदीत या हौसला पूर्ण हो भनेर आफनै अर्थ लगाएँ ।

 प्राय केन्याहरु काम गर्दा गीत गाइरहेका, एक अर्का सँग रमाईला प्रसंगहरुमा चर्का चर्की गरीरहेका भेटिन्छन् । एक दिन ‘बुर्चा’ शब्द सुनाउने साथीले हामी सँग पूर्णीमाको जुनमा देखिने कालो छाँयामा केको चित्र देखिन्छ ? भन्ने विषयमा चर्का चर्की ग¥यो । विषय बस्तु त्यति गज्जब नभए पनि हाम्रो दिमाग चम्काउने खालको थियो । कसैले गर्भवती महिलाको दृश्य देखिने कुरा गरे । कसैले एउटा दौडनै आँटेको मान्छे देखिन्छ भने । म आफैले चाहिँ एउटा बुढो मान्छेको अनुहार देखिन्छ कि ? भन्ने उत्तर दिएँ ।
उसले ‘बुर्चा’ शब्द मात्र हैन । त्यो सँगै अर्काे प्रश्न पनि गरेको थियो । ‘किन प्राय नेपालीहरु ‘बुर्चा’ बिहिन देखिन्छन ?’ यो प्रश्न पछि चाहिँ त्यो शव्दको अर्थ ‘ताजकी’ हो कि भन्ने अनुमान लगाएँ । केन्याहरु, घानाका साथीहरु, फिलिपेनीहरु कम्पनीका ठूला मान्छे सँग किन हाम्रो तलब कम ? किन हामीलाई सुविधाको कमी ? भन्ने प्रश्न गरेर ¥याख¥याखती पारीरहेका देखिन्छन् । यहि कारण कतिपयले थप सुविधा, तलब पनि पाएका छन । कतिपयले भने कम्पनीले दिने सजाय ‘रिजायन’ पनि हाता पारेका छन् । नेपालीहरु भने ‘..साग र सिस्नु खाएको बेस आनन्दी मनले’ गुनगुनाउँदै ‘कन्ट्रयाक’ पुरा गर्ने सोचमा देखिन्छन् । घरबिदामा जाँदा उतै बाट नआउने मनस्थीतीमा प्राय हुन्छन् । अन्य देशमा पुनस्च उहि दुःख जिलो गर्न जाने उद्देश्यले समय बिताइरहेको भेटिन्छन् ।

प्रश्नपछिको उसको अन्तिम कुरो  थियो : ‘कोहि कोहि त जन्मदै ‘बुर्चा’ वाला जन्मीन्छन् । जस्तो कि एक लाखमा एक जना । जसले दिमागलाई यस्तो बनाउनु आवश्यक नै छैन् । बुढेसकाल  सम्म उनिहरुको चालढाल तरो ताजा रहन्छन् । अर्काे कुरो नि, त्यस्तो मान्छेले कस्तो मान्छेलाई मन पराउँछ थाहा छ ?’ तिनले आफु जस्तै मान्छे मन पराउँछन् । उनिहरुले मात्र हैन हामीले पनि हामी जस्तै मन पराउँछौ । आफु जस्तै स्वभाव, आफु जस्तै चाल ढाल, आफु जस्तै आर्थिक हैसीयत र आफु जस्तै दिमाग भएको मान्छे हामीलाई प्रिय लाग्छ । एक लाखमा एक जना ‘बुर्चा’ वाला जन्मीयो भने के त्यसलाई अरुले मन पराउला ? कसले मन पराउँछ र ?

अहिले नेपालमा नयाँ प्रधानमन्त्री फेरीने कुरा छ  । किन फेर्नु परेको होला ? प्रचण्डले भनेका छन् । चालु प्रधानमन्त्रीले ‘चुडकीला’ सुनाउने मात्र काम गरे । त्यसो भए प्रचण्डलाई, सेरबहादुरलाई किन सत्ता दिन नखोजेको त ‘चुडकीला’ वालाले ? किन रामचन्द्रलाई प्रश्ताव लगेका होलान ? यस प्रश्नलाई राजनैतिक दाउपेचका हस्तीले आफनै अर्थ लगाउलान् ।तर स्वभावलाई हेर्ने हो भने प्रधानमन्त्रीले पनि आफु जस्तै ‘बुर्चा’ वाला खोजेका हुन । उनि किन ‘बुर्चा’ वाला त ? हिजो मात्रै अनलाईनमा एउटा फोटो आएको छ । जहाँ सेरबहादुर सँग प्रधानमन्त्रीले हात मिलाउका छन् । प्रचण्ड अलि पछाडी हाँसीरहेका छन् । क्याप्सनमा लेखिएको छ ः–‘प्रधान्मन्त्रीले भने पखनुस न एक दुई वटा फोटो खिचौँ !’

राजनैतिक रुपमा यत्रो दुस्मनी चलीरहेको बेलामा कुन चाहिँ सोझो दिमाग वालालाई दुस्मन सँग फोटो खिचाउने रहर जाग्ला ? त्यसो भए अहिलेको मुख्य दोषी ‘चुडकीला’ नै हो त  ? त्यो पक्कै हैन । दोष आम अ‘बुर्चा’हरु हुन । जो भाषण सुन्दा सुन्दै मस्त निदाउन चाहन्छन् । नबुझिने तोते भाषणहरुमा रमाउन चाहन्छन् । भाषण गर्दा चुडकीलाहरु सुटुक्क कागजमा हेरेर भन्नेहरुका कुरा सुन्न चाहन्छन् ।  निन्द्रामै सपना देखेर मस्त घुर्न चाहन्छन् । नेपाली समाजले पहिल्यै स्वाद चाखेका मान्छेहरु सेरबहादुरलाई प्रधानमन्त्री बनाउन चाहन्छन् ।

एक पटक चटनी भइ सकेका प्रचण्डलाई पुन सत्ता दिन चाहन्छन् । प्रधान्मन्त्रीले रामचन्द्रलाई खोज्नुमा उनको दिमागी सोचाईले रामचन्दमा ‘बुर्चा’ पन छ कि भन्ने थियो होला  । पार्टीमा र अघिल्लो पटक प्रधान्मन्त्री बन्न खोज्दा पटक पटक हारेका उनि सँग त्यो उर्जा जागेको छ कि भन्ने थियो होला । प्राय हारेर उठेकाहरु सँग त्यो मैले पाएँ पनि जे पनि गरेर देखाउँछु भन्ने इख रहन्छ । तर उनले अस्वीकार गरे । नयाँ संविधान बने पछि पनि पहिलेकै सहमतीको खेल खेल्ने खेलाडीले हामीलाई दिक्क पारीरहेका छन् । प्रधानमन्त्रीले अलिकती भए पनि हामीलाई निन्द्राबाट उठाएका थिए । झकझकाएका थिए । पुनस्च : हामीलाई निन्द्रमै लग्ने कार्य हुन लागेको छ । प्रधामन्त्री पनि त्यसको निकास चाहन्छन् । उनले चाहेको निकासमा पक्कै ‘बुर्चा’ पन लुकेको छ । गुदगुदी छिपेको छ । सहमतीको बिन्दु त्यहि हो भन्ने पनि उनलाई लागेको होला ।
हामी पनि एक ‘बुर्चा’ वाला मान्छेलाई देश हाँक्न दिऔ ।

तै पनि एकाध भेटीने ‘बुर्चा’वाला लाई कसले मन पराउँ छ र ?

भीम दाई बाट प्रभावित भएर यस क्षेत्रमा लागेँ

आफनै ’boutमा पलाञ्चोक साप्ताहिकमा प्रकाशीत

krishna chandra

काभ्रेली भूमिलाई कर्म थलो बनाइ लामो समयसम्म पत्रकारिता क्षेत्रमा क्रियाशिल रहेका  कृष्णचन्द्र बञ्जराको नाम कुनै नौलो होइन ।सामान्य किसान परिवारमा जन्मिएका बञ्जराले संघर्ष गर्दै गाउँबाट एस.एल.सी उत्तीर्ण गरी शहरमा आए । दुःख–सजिलो गर्दै पत्रकारिता पढदै मिडियमा स्तम्भरकार देखि समाचार सम्म खोजमूलक समाचार प्रकाशित गर्न थाले र पत्रकारिता क्षेत्र रोजे ।

तिखो आवाजले पत्रकारितामा लम्कन प्रेरीत गर्यो

म कक्षा ६ मा एक जना शिक्षकले गरेको व्यवहारले अहिलेसम्म यो क्षेत्रमा आकर्षत छु । उहाँले कक्षामा सबैलाई कविता लेख्न लगाउनु भयो । हामी सबैले लेख्यौ । उहाँको प्रिय विद्यार्थी प्रथम भइरहन्थे । म चाहिँ उनको अलि अपरीचित विद्यार्थी थिएँ । सबै शिक्षकहरुले प्रथमलाई नै विभिन्न अवसरहरु पनि दिलाउँथे । सबैले लेखेको मध्ये ति शिक्षकले उहि प्रथम हुनेको कविता छाने । आफनै शब्दहरु घुसाएर पत्रिकामा छपाइ दिए । मेरो चाहिँ आँखै अगाडी च्याति दिए । त्यो देखेर रन्थनिएको मैले घरबाटै हुलाक मार्फत भ्याए जति पत्रपत्रिका , रेडियोमा चिठि लेख्न थालेँ । कक्षा ८ सम्म पुग्दा मैले स्थानीय सञ्जिवनी दैनिक (हाल साप्ताहिक), खबर चौतारी साप्ताहिक, राष्ट्रचक्र साप्ताहिक, काभ्रे पोष्ट, बाल उद्यान बाल पत्रिका, देखि सिआर आई चाईनिज रेडियो र उसको पत्रिका (जो हुलाक मार्फत घरमै आउने व्यवस्था मिलाएको थिएँ) लगायतका लेख्न भ्याएको थिएँ । ९ कक्षामा पढ्दा हरेक दिन बेलुकी पाँच बजे पछाडीको रेडियो नेपालमा बज्ने बाल कार्यक्रम सुन्न छुटाउँदिन थिएँ । त्यहाँ पनि मेरा निबन्धहरु बज्न थालेका थिए । एक दिन पाँच बजेको समाचारमा काभ्रे संवाददाता भिम गौतमको तिखो र चोटिलो आवाजमा रिपोर्ट बज्यो । त्यो आवाजले मलाई पत्रकारीता पढन र पत्रकारीतातिर लम्कन प्रेरित गर्यो । पछि तिनै भिम गौतमलाई चिने । उहाँ बाट यो क्षेत्रमा दौडन पनि सिकेँ । उनको इमान्दारीता र निष्टाप्रद पथलाई पछ्याएँ ।

हकारदेखि पत्रकारितासम्म

समग्र पत्रकारिता क्षेत्रकोभन्दा पनि काभ्रेको पत्रकारिताको शैलीका समस्याहरु ’bout केहि भन्न चाहन्छु । यहाँका आधा दर्जन पत्रिकाको लगानीकर्ता , त्यहाँका कर्मचारीहरुसँग मैले नजिकबाट  संगत गर्न पाएको छु ।  लगानीकर्तामा व्यवसायिकताको कमि देख्छु । त्यसले व्यवस्थापकीय कमजोरीहरु जन्माएका छन् । फलस्वरुप पत्रपत्रिका , रेडियो कहिले जन्मन्छन र कहिले मर्छन भन्ने ठेगान नै छैन् । एउटा लगानीकर्ता रिपोटीङ गर्न पनि दौडनु पर्ने, आएर सेटिङ पनि हेर्नै पर्ने, विज्ञापन खोज्नसमेत उहि जानु पर्ने भए पछि त्यो संस्था कति दिन टिक्ला ? फलस्वरुप विज्ञापन छापिएको एक बर्षमा त्यसको शुल्क उठाउन सम्झियो, अर्काले छापेपछि ओहो ! यो त म पनि छाप्नु पर्छ भनेर तम्सियो । यति सम्झने र तम्सने काम गर्दा पत्रिका अब चलाउन सक्दिन भन्दै घोत्लिने बेला भइसकेको हुन्छ । संस्था र व्यवसायमा व्यवस्थापन निकै ठूलो चिज हो । यस्ता सँस्थामा काम गर्ने कामदाहरु चाहिँ सधैँ चेपुवामा छन् । अर्काे समस्या भनेको यहाँको पत्रकारिता आफनै खाले शैली छ । विज्ञापन कसको आयो ? समाचार के लेख्यो ? लेख के छापियो भनेर हे¥यो भने त्यो के आस्था राख्नेको पत्रिका हो , रेडियो हो भन्ने ठ्याक्कै थाहा हुन्छ । आस्था राख्नेको शक्ति सधैँ एउटै गतिमा त पक्कै नचल्ला ? त्यसपछि के गर्ने ? यो दिगो र टिकाउ पत्रकारिता हैन् । राजधानीलाईसमेत आफनो प्रभाव क्षेत्र बनाउन सक्ने यहाँका संञ्चार क्षेत्रमा काम गर्नेले सँस्थालाई मन्ीिर मानेर जुत्तालाई आस्था ठान्दै ढोका बाहिरै फुकाल्नु आवश्यक छ । संस्था भित्र छिर्दा आस्थालाई बिर्सीएर कर्मले पुजा गर्नु उत्तिकै आवश्यक छ । साथै पत्रकारहरुको संगठनात्मक कमजोरीहरु त्यतिकै छन् । आफनै संगठनको मान्छे अर्काेमा काम मात्र ग¥यो भने ‘त्यो हाम्रो मान्छे हैन’ भन्ने गरिन्छ । पहिला कर्म गर्ने ठाउँ भए न त्यो मान्छे संगठनमा टिक्छ । कतिपय नेतागीरी मात्र गर्ने कर्म चाहिँ नगर्नेहरुले कर्मशील मान्छेहरुलाई यो पेशाबाट धकेल्ने काम पनि गरेका छन् । उनिहरुलाई कर्मशिल मान्छेहरु मिलेर पाखा लगाउनु पर्छ । कर्म गर्नहरुको हितमा बनेको संगठन कर्ममै रमाएको मान्छेले मात्रै चलाउन दिने परीपाटीको विकास गर्नु आवश्यक छ ।

लेख्नेको क्रेज तुलनात्मक

पत्रकारितामा राम्रो भविष्य छ । त्यसका लागि आफु त्यतिकै लगनशील र मिहेनती हुनु जरुरी छ । काभ्रे देखि काठमाण्डौसम्मको पत्रकारीताको अनुभवले प्रतिभा भएको मान्छेले यो क्षेत्रमा राम्रो भविष्य बनाउन सक्छ भन्ने मलाई विश्वास छ । हामी काभ्रेमा समग्र विषयहरुमा लेख्ने गर्छाै । काठमाण्डौमा चाहिँ एउटा विषय एक जनालाई दिने चलन छ । समग्र विषयमा लेख्ने र राजनैतिक विषय लेख्नेको क्रेज तुलनात्मक रुपमा बढी देखिने गरेको छ । तर टिकाउको हिसावले चाहि त्यो भन्दा भिन्न विषयको एउटै विषयमा लेख्ने बिट रोपोर्टर बढी टिक्ने सम्भावना देखिन्छ । एउटै विषयमा     ज्ञान बढदै जाँदा विज्ञता पनि हाँसील हुने , त्यसले अन्य राम्रा संस्थाहरुमा छलाङ मात्र समेत मद्दत पुग्ने देखिन्छ ।

जीवन साथी निन्द्रामै हुँदा निस्की सक्नु पर्ने पत्रकारिता

विवाह पछिको समस्या भनेको त्योसँगै जोडीएको आर्थिक चुनौतिलाई कसरी व्यवस्थापन गर्ने भन्ने नै हो । त्यसलाई मिलेर समाधान गर्ने कि ? जीवन साथीले पत्रकारीताको मर्म बुझेको छ कि छैन ?, अन्य जागीर भन्दा पत्रकारीताको भिन्नता के छ ? भन्ने चाहिँ एक अर्काले जान्नु जरुरी रहेछ । कहिले जीवन साथी निन्द्रामै हुँदा निस्की सक्नु पर्ने, जिवन साथीको फुर्सदको दिनमा पनि आफु हिँडनु पर्ने, भन्ना साथ समय निकाल्न नसकिने यस्तै दुःखजिलो छ पत्रकारहरुको । त्यसलाई बुझनु आवश्यक छ । यसलाई सेवाको रुपमा लिनेकी ? पेशाको रुपमा लिनेकी ? जागीरको रुपमा लिनेकी त्यो आफनो हातमा छ । त्यहि अनुसारको यसका महत्व पनि छन् । महत्वलाई एक अर्का सँग भन्नु आवश्यक छ । बुझ्नु आवश्यक छ । झेल्नु त्यतिकै आवश्यक छ ।

हचुवामा र रहरमा गरिने पेशा होइन

यो हचुवामा र रहरमा गरिने पेशा होइन् । कति धेरै कुराहरु झेल्नु पर्छ भन्ने कुरा यहाँ भित्र छिरेर पसिनाले भिजीरहेका हाल कृयाशील मेरा साथीहरु राजकुमार गोले, प्रकाश सुन्दासहरुलाई भेटेको बेलामा सोधेपनी थाहा हुन्छ । कति पटक मार्ने धम्की आँउछ, कहिले काहि सम्मानै सम्मान पनि आउँछ । अन्य सामान्य मानिस र पत्रकारको हेराईमा फरक छ । कतिपय रुन मन लाग्ने ठाउँमा नरोईकन, कतिपय निकै हाँस्य मिसेको ठाउँमा नहाँसिकन सूचना संप्रेशन गर्नु पर्ने हुन्छ । कुरा र कुला जहाँ लगेपनी हुन्छ भन्ने नेपाली उखान छ । यो कुरा गर्ने पेशा हो । अलिकती कुरो बिग्रीयो , अलिकती कुलो सहि मार्गमा लगिएन भने त्यसले समाज र आफैलाई भयङकर असर पार्न सक्छ । यदि सम्बेदनशील र आँटले सहि मार्गमा आफना कदम चालियो भने त्यसले आफु र समाजलाई हराभरा पनि पार्न सक्छ । त्यसैले यो चनाखो पूर्वक अपनाउनु पर्ने पेशा हो ।
पत्रकारीतामा म सन्तुट छु । किनकी म चेतनशील भएर बाँच्न चाहन्छु । आफुले सिकेको ज्ञान पनि बाँडन नसक्ने, आफु रहको संसारको ’boutमा केहि पनि जानकारी नभएको मान्छे भएर बाँच्न चाहन्न् । विद्यालयमा पढदा देखिको कलिलो मस्तिष्कले अहिले सम्म यता धकेलेकोले पनि थप सन्तुष्ट छु  । किनकी म मेरै लक्ष्य अनुरुप छु । हुन सक्छ मान्छेहरुले मलाई अनेकौ दृष्टिकोणले हेर्दा हुन् । त्यो या यो छैन नि ? किन सन्तुष्ट छस ? भन्लान । तर म ति सब कुरा प्रति चासो दिन चाहन्न । म मेरै दृष्टिमा सन्तुष्ट छु ।

पत्रकारहरुको संगठन नै ध्रुविकरण

पत्रकार माथि आक्रमण गर्ने मान्छेहरु धेरै प्रकारका हुँदा रहेछन् । भुलबश वा नियतवश पत्रकारले गलत संचार क्रिया गर्दा आक्रमण गर्न आउने भन्दा खतरनाक मान्छे चाहिँ पत्रकारलाई आक्रमण गर्दा चर्चित हुइन्छ भन्ने सोच भएकाहरु रहेछन् । कतिपय पार्टीका खोल ओडेका मान्छेहरुले यहि मौका छोपेर आक्रमण गर्ने गरेको पाइयो  । यस्ता मान्छेहरु सँग जोगीन सधै पत्रकारहरुलाई चुनौति छ । कहिले काहिँ आक्रमणको पूर्व अनुमान पनि लगाउन सकिन्छ । त्यस्तो अनुमान लागेमा आफना साीथभाइ प्रहरी चौकीसँग जानकारी बाँडदा अलि बढी सुरक्षीत हुन सकिन्छ । एउटा पत्रकार आक्रमण हुँदा पत्रकारहरुको संगठन नै ध्रुविकण हुने , मिलेर आक्रमणकारीको विरोध नगर्ने जस्ता कृयाहरुले कृयाशीलहरुमा सधैँ चिन्ता थप्ने गरेको छ । संगठनहरुले पत्रकार माथि आक्रमण हुँदा जो भए पनि आफनै ठानेमा समस्या समाधन गर्न बल मिल्छ भन्ने लाग्छ ।

अविस्मरणनीय क्षण

पत्रकारीता थाल्दा अलि ओझेलका मान्छेलाई पत्रिकासम्म ल्याउँ भन्ने सोच पलायो । त्यसका लागि मैले स्तम्भ लेख्न थालेको थिएँ । मेरो स्तम्भमा त्यस्ता मान्छेहरु ’bout लेखिन्थ्यो जो यस अघि कहिल्यै पत्रिकामा आफनो नाम सम्म लेखाउन भ्याएका हुँदैन थिए । सोहि स्तम्भमा डाँडापारीको एक जना पात्र ’bout लेखेँ । जसको नाम थियो गणेशमान जिम्वा । विद्यालयमा कलाकार बन्छु भन्ने सोच बनाएका थिए जिम्बाले । संर्घषपूर्वक केहि नजिकका साथिहरुलाई कलाकार बनाएर , आफनै दश हजार खर्च गरेर ,एउटा फिल्म पनि बनाएका थिए । त्यो कुरा उनि र उनका साथिहरुलाई बाहेक अरुलाई थाहा थिएन् । उनि पनि कलाकारीतामा छिर्न नसकेर अर्कै पेशमा हिँडिसकेका थिए । मैले उनलाई स्तम्भमा स्थान दिएपछि केहि कलाकारसँग उनको भेट भयो । कलाकारीतामा उनले अबसर पाए । आगामी केहि महिनामा आफनौ लगानीमा उत्कृष्ठ फिल्म बनाउने तयारीमा छु भन्दै छन् । यसलाई खुसी लाग्दो अबस्मणनीय क्षण मान्छु । सोहि स्तम्भमा एक जना अर्काे पात्रको ’boutमा पनि लेखेको थिएँ  । त्यसमा प्रयोग भएको एउटा शव्द सो पात्रको छोरालाई मन नपरेको रहेछ । केहि पावरदार मान्छेहरुको प्रयोग गरेर उनले मेरो बुवाले बेच्दै आएको दुग्ध केन्द्रमा पैसा रोक्न लगाएछन् ।मेरो कारणले मेरो बुवालाई असर पेरेको त्यो क्षणलाई म सधैँ दुःखि क्षणको रुपमा सम्झन्छु ।
प्रस्तुतीः–चञ्चले पुण्टे

abotut me

श्रमिक भन्सार नीति र सुन

कारोबार राष्ट्रिय दैनिकमा प्रकाशीत

07072016-md-hr-7l

अर्थमन्त्रालयले आगामी साउन महिनादेखि लागू हुने गरी नयाँ आर्थिक ऐन जारी गरेको छ । सो ऐनमा उल्लिखित भन्सार नीतिअनुसार अब जुनसुकै भिसामा फर्किएकाहरूले तयारी सुनबाहेक काँचो सुन ल्याउन पूर्ण रूपमा प्रतिबन्ध गरिएको छ । सूचनाले सबैभन्दा बढी श्रम भिसामा गएका परदेशी नेपालीहरूको चित्त दुःखाएको छ ।

उनीहरूले सामाजिक सञ्जालमा यसको विरोधसमेत गरेका छन् । विदेशमा घुम्न गएका, व्यापार गर्न गएका, विदेशको पीआर प्राप्त गरेर बस्ने सुविधा लिएका र आफ्नो देशलाई रेमिट्यान्सले सिञ्चेर वर्षौं परदेशमा दुःखका पसिना बगाएर फर्किएका श्रमिकहरूलाई एउटै भन्सार नीति अपनाइनु ठीक होइन भन्ने सवाल उठाएका छन् । नेपालको कुल गार्हस्थ्य उत्पादनमा ३० प्रतिशतभन्दा बढी योगदान दिने, नेपालकै बजेट बराबर रेमिट्यान्स पठाउने परदेशी श्रमिकहरूप्रति कडा होइन, सरल भन्सार नीति अपनाइनुपर्ने तर्कसमेत गरेका छन् ।

अपेक्षा
सुनको कारोबारमा हरेक दिन दौडधूप गर्दै सोही कार्यमा समय र अध्ययन गरेका व्यवसायीहरू भन्छन्— नेपालले सुनको गुणस्तरमा अन्तरराष्ट्रिय मापदण्ड भेट्टाउन सकेको छैन ।’ अन्तरराष्ट्रिय रूपमा मापदण्ड ९९९ चलनचल्तीमा छ । तर, नेपालमा सोभन्दा कम अर्थात् ९९५ मात्र कारोबार हुन्छ । कम हुनुको खास कारण प्रचलित प्रविधि कमजोर भएर मात्र हैन । देशभर बैंकमार्फत प्राप्त हुने कच्चा सुन नै कम गुणस्तरको भएर हो । अन्तरराष्ट्रिय मापदण्डसँग तालमेल हुने गरी बजारमा सुन उपलब्ध गराउन अहिलेसम्म उचित मापदण्ड बन्न सकेको छैन । नेपाली बजारमै कम गुणस्तरको सुन प्राप्त हुन्छ भने परदेशबाट फर्कंदा गुणस्तरीय सुन ल्याउनु के कारणले गलत भएकोे हो भन्ने प्रश्न पनि उब्जन्छ ।

सुन र पैसा एक–अर्कामा सटहीको उचित माध्यम पनि हो । परदेशमा पैसाको सटहीमा समस्या पर्दा सुनमा लगानी गर्ने र आफ्नै देशमा फर्केर पुनः पैसामा रूपान्तरण गर्ने सोचसमेत बनाइने गरिन्छ । तुलनात्मक रूपमा यसो गर्दा नाफाको हिसाबले पनि फाइदाजनक देखिन्छ । तत्कालै पैसामा रूपान्तरण नगर्ने, आपत् पर्दा र खाँचो टार्दा मात्र खर्च गर्ने सोचले समेत सुनमा लगानी गर्ने गरिन्छ । पैसालाई नगद नै जम्मा गर्दा खर्च हुने हुँदा पाखुरीमा कमाउने दम बाँकी रहँदा सुनमा लगानी गरेर राखौं, बल सकिएपछि यसैको सहारा लिनुपर्छ भन्ने सोचले समेत लगानी गर्ने गरिन्छ । परदेशमा हुने अनावश्यक खर्चबाट जोगिन पनि यसैमा लगानी गर्नु उपयुक्त मानिन्छ । कहिलेकाहीं परदेशमा रहेका गहनाका डिजाइन र घरपरिवारका सदस्यले चाहेको डिजाइनमा फरक पर्ने गर्छ । काँचो सुन ल्याएर उनीहरूकै चाहनाअनुरुप गहना बनाउन चाहनेहरू हुन्छन् । सुनमाथि यस्ता धेरै अपेक्षा जोडिएका छन् । यस्ता अपेक्षाहरूमाथि ठेस पुर्याउँदै प्रतिबन्ध लगाइनु तर्कसंगत छैन ।

प्रभाव
नयाँ व्यवस्था लागू नभएसम्म अन्य देशबाट फर्कंदा ५० ग्रामसम्म काँचो सुन तथा चाँदी ल्याउँदा भन्सार शुल्क नलाग्ने व्यवस्था कायम छ । हरेक दिन बढ्दै गएका परदेशीहरूले ल्याउने कच्चा सुनले नेपाली बजारमा निकै ठूलो योगदान दिएको छ । बजारमा सुनको अत्यधिक माग रहेको बेलामा, सरकारले व्यवसायीहरूलाई सुन उपलब्ध गराउन नसकेको बेलामा समेत बजार सन्तुलन गराउन यसैको साथ प्राप्त थियो ।

हालसम्म पनि बजारको मागभन्दा निकै कम सुन सरकारले उपलब्ध गराउँदै आएको छ । नेपाली सुनचाँदी व्यवसायीहरूलाई हप्तामा ४५ किलो कच्चा सुनको आवश्यकता पर्छ, तर सरकारले बैंकमार्फत २० किलो मात्रै सुन दिने गर्छ । यसरी हेर्दा नेपाली बजारमा हप्ताको २५ किलो अर्थात् मासिक एक क्विन्टल सुनको अभाव छ । यत्रो अभाव पूरा गराउन पक्कै पनि तस्करीको माध्यमबाट आउने सुनले साथ दिएको थिएन । किनकि तस्करीको माध्यम अपनाउन देशभरका सबै व्यवसायी सक्षम छैनन् । उनीहरूमध्ये अधिकांश यो माध्यम रोजेर चुनौती मोल्न चाहँदैनन् । यस्तो अवस्थामा एकमात्र वैधानिक माध्यम भनेको परदेशीले ल्याउने कच्चा सुन नै थियो । यो माध्यम पनि प्रतिबन्धित भएपछि व्यवसायीहरूले बजारको मागलाई कसरी धान्ने ? यसले बजारमा तस्करी मौलाउने सम्भावना बढ्दो देखिन्छ, साथै बजारमा कच्चा सुनको अभाव रहेको भन्दै व्यवसायीहरूले एकाधिकार कायम गर्ने मौकासमेत पाउनेछन् । तयारी गहना मात्र ल्याउन पाउने नीतिले नेपाली मौलिक गहनाहरू लोपसमेत हुँदै जानेछन् । स्वदेशी डिजाइनका गहनाको लोपले विदेशी र भड्किला गहनाका कारण सामाजिक असन्तुलनसमेत निम्त्याउँछ । हरेक पटक परदेशबाट आउँदा तयारी सुन ल्याउने वातावरण बढ्दै जाँदा कच्चा सुनबाट गहना बनाएर बेच्ने व्यवसायमा आश्रित १५ हजार व्यवसायी, ८ हजार पत्थर व्यवसायी र एक लाख कालीगढ गरी देशभर ७ लाख आश्रित जनसंख्याको रोजीरोटी बिस्तारै धराप पर्ने देखिन्छ ।

सुझाव
सरकारले किन परदेशीले ल्याउने काँचो सुनमाथि प्रतिबन्ध लगाएको हो ? प्रतिबन्ध लगाउनैपर्ने आधार केके हुन् ? के यो नियम ल्याउनुअगाडि पर्याप्त अध्ययन र अनुसन्धान भएका छन् ? यस’boutमा कुनै पनि धारणा सार्वजनिक भएको पाइएको छैन । तर, सरकारी तर्कलाई अनुमान लगाउँदा बजारमा हुने तस्करीलाई नियन्त्रण गर्न ल्याइएको हो भन्ने नै हुन सक्छ । सरकारको यो तर्क आएर समर्थन गर्नुपर्ने अवस्था आएमा अर्काे महत्वपूर्ण प्रश्न सरकारसँग राख्नैपर्ने हुन्छ । त्यो हो— विदेशबाट तयार भएर आएका सुनका गहनामा चाहिँ किन कर नलाग्ने ? नेपालमै बनाउँछु भनेर ल्याएको काँचो सुनमा किन कर लाग्ने ? के बिदेसिएका नेपाली आफैँले अलिअलि कमाएर ल्याएकाले विवाहमा आफूअनुकूल गरगहना पनि लगाउन नपाउने ?

सरकारको यस्तै हचुवाका निर्णयहरूले देशमा बेरोजगारको संख्या दिनानुदिन बढ्दै छ । देशभर लगभग १८ हजार गरगहना पसल छन् । ती पसलहरूमा १ लाख कालिगढ कार्यरत छन् । तीमध्ये ६० हजार कालिगढ भारतबाट आएर काम गरिरहेका छन् । नेपालको एयरपोर्टबाट २०/३० हजार कमाउन लाखौं पैसा दलाललाई दिएर दिनहुँ युवाहरू उडिरहँदा, भारतको खुला सिमाना हुँदै मासिक २० हजारदेखि १ लाख रुपैयाँसम्म कमाउने कालिगढहरू देशमा भित्रिरहेका छन् । देशभर भारतीय कालिगढहरू बढ्दै जाँदा सुनचाँदीजस्तो संवेदनशील व्यवसायमा व्यवसायीहरूले असुरक्षाको महसुस गरिरहेका छन् । उनीहरू सुरक्षाका दृष्टिकोणले पनि स्वदेशी दक्ष कालिगढहरूको अपेक्षा गर्छन् । तर नेपाली मौलिक डिजाइनका कालिगढहरू दिनानुदिन लोप हुँदै गएका छन् । भारतीय टेलिभिजनले हरेक दिन देखाउने टेलिसिरियल, फिल्मको प्रभावले अब पुराना बुलाकी–सुलाकी, ढुंग्रीसुंग्री कसले लगाउने ? भन्नेहरू पनि त्यत्तिकै छन् । यस्तै हो भने नेपालमा शतप्रतिशत कालिगढ भारतीय नै हुने र नेपाली युवाले भने खाडी मुलुकमा रगत बगाएर ती कालिगढहरूलाई ज्याला दिएर आफ्ना विवाहमा गहना लगाउनुुपर्ने दिन नआउला भन्न सकिँदैन । सरकारले सक्छ भने सुनचाँदी पसलहरूमा स्वदेशी दक्ष कामदारहरू भर्ती गराउन व्यवस्था मिलाओस् । अन्य देशमा गरगहनाका कालिगढहरू एकेडेमिक रूपमा उत्पादन हुन्छ । हाम्रो देशमा पनि प्राविधिक शिक्षा दिन स्थापना भएको सिटिभिटीलाई यसको एकेडेमीक रूप दिन पहल गरियोस् । यसरी उत्पादन भएका विद्यार्थीहरूको विदेशी बजारमा समेत उच्च तलब सुविधामा माग हुने हुँदा त्यसतर्फ पहल गरोस् । आफ्नो परिवार, देशलाई छाडेर पढेलेखेका युवाहरू अन्य देशमा भरिया बन्न जानुपर्ने परिपाटी बन्द गराउन सकोस् । उनीहरूले बल्लतल्ल कमाएर ल्याउने आफ्ना रहरका सानातिना सामानमा हरेक दिन बन्देज लगाउने सोच नबनाओस् । श्रमिकको आर्जनमााथि सरल भन्सार नीति अवलम्बन गराओस् ।

अरब जाने केटो

सेतोपाटीमा प्रकाशीत :

story

सेतोपाटीमा यस्ता देखिएको थियो !

 

‘तिनकुने–एयरपोर्ट–चक्रपथ…।’ सहचालक बानेश्वर अगाडि कराउँदै थियो। बेलाबेलामा गाडीको ढोका नजिकै ‘ड्याम–ड्याम’ हान्थ्यो। सिठी फुक्थ्यो। फेरि उही रटान चालु गथ्र्यो–तिनकुने–एयरपोर्ट–चक्रपथ ।’

मान्छेहरु ढोकाबाट फुत्त–फुत्त छिर्थे। कोही लुत्तलुत्त निस्कन्थे । लुत्त निस्कनेसँग झपारेरै पैसा असुल्न उनि तम्सीन्थे ।  फुत्त छिर्नेहरुलाई पुठ्ठामा छोएरै घँचेट्थ्यो। घँचेटीहरुमा जिन्स पेन्ट लगाएका केटीहरु बढी पर्थे । तिनले अन्त भए निहुरिएर जुत्ता फुकाल्न थाल्थे होलान्।  कुन्नी केमा ताकेर बजारी सक्थे होलान्। हुलमुलमा भएर सानुतिनु हिसावकिताब फत्ते भइरहेको थियो ।

‘दाइ, मलाई गाम्कामा रोकी दिनुस है?’ ढोकाबाट छिर्दैै एक केटोले भन्यो । केटोको हातमा ‘क्लियर ब्याग’ थियो । ब्यागमा बाहिरबाट पासपोर्ट  स्पष्ट देखिन्थ्यो । केही कागज पनि देखिन्थे ।  ‘एयरपोर्ट अगाडि हो । भर्खर बानेश्वर आइपुग्यो । तपाईँ पछाडि जानुस् त?’ भन्दै  सहचालकले  उसलाई धकेलिदियो ।

comment of own facebook

आफनै फेसबुक वालमा भने यस्ता प्रतिकृया आए !

‘महिला’ सिट लेखिएको ठाउँबाट केही पुरुषहरु उठे । जे लेखिए पनि त्यति बेलासम्म त्यो सिट महिला पुरुष दुवैको साझा थियो । महिलाहरु ‘यो हाम्रो सिट हो’  भन्दैन थिए । केटो त्यही सिट नजिकै थियो । उनीहरु उठ्नासाथ केटो हत्तपत्त बसिहाल्यो ।

तीनकुने नपुग्दै गाडी फेरि जाममा प¥यो । ‘ट्राफिक चेकिङ छ । पछाडि जानुस् पछाडि।’ सहचालकले भन्यो। मान्छेहरु कोचिए। केहीबेरमा एक ट्राफिक प्रहरी गाडी भित्रै छिरे । केटोलाई जुरुक्क उठाए–ओ भाइ, यो महिला सिट भन्ने थाहा छैन ? उनले थर्काए । केटो रातोपीरो भयो । जवाफ केही फर्काएन । उ जुरुक्क उठ्यो । म नजिकै आएर उभियो ।

आजकल महिला सिटमा बस्न पाइँदैन नि थाहा थिएन भाइ? मभन्दा पछाडि उभिएको अलि जान्नेसुन्ने जस्तो देखिने मान्छेले केटोलाई भनिहाले ।  ‘म ठक्करकान्त हुँ दाइ । जहाँ गए नि ठक्कर खानेलाई के थाहा हुन्छ र ?’ उसले हाँसेर जवाफ फर्कायो ।

तिनकुनेमा  ओर्लन लागेका एक यात्रुले भाडा तिरेनन् । सहचालकले उनको सट च्यात्ने गरी ताने । चालक पनि ओर्लिएर झगडालाई मलजल गर्न थाले । गाडी थप जाममा प¥यो ।

केटोले आफू परदेश जाने जान लागेको सुनायो । पहिलो चोटी बाले सुन्तला बेचेर राखेको पैसा चोरेर प्रहरी बन्छु भनेर घरबाट दौडिएको रहेछ । भर्नाको समयमा दौडदेखि हरेक परीक्षामा उ दोस्रो÷तेस्रो हुन्थ्यो । आखिर नाम निस्कने बेलामा आफूभन्दा पछाडि दौडने लुरेको नाम निस्कियो । लुरेको पावर ठूलै रहेछ । उसको बाउ नै ठुलो नेता रहेछ । ‘आफ्ना बा कृषिबाट न माथि उठन सके । न ठूलो मान्छे भए । मैले कसको पावर लगाउनु?’ उसले भन्यो ।

अर्काे वर्ष फेरी भर्ना खुल्यो । उसले बारीका डिलभरीको सबै निगाला बेच्यो । त्यही पैसा बोकेर भर्ना हुन गयो । दोस्रो पटक भने सबैमा उत्कृष्ट भएको थियो । अन्तर्वार्तामा दुई लाख घुस मागियो ।  ऊ त्यही घुसमा ठोक्किएर फर्कियो । परदेशी हुनुभन्दा अगाडि उसले सेक्युरिटी गार्ड हुन्छु भनेर गएको रहेछ । भर्ना हुनलाई पहिला एक महिना बराबरको पैसा तिर्नु पर्नेरे । पत्रिकाको वर्गीकृत डिस्प्लेमा ‘आर्कषक तलब सुविधा’ भनेका सबैमा चहारेको रहेछ । चहार्दाचहार्दै उ हारीसकेछ । यो देशमा जहाँ जागिर खुल्यो भनेर विज्ञापन हुन्छ  त्यहाँ जागीर होइन जाल फिँजाइएको हुँदो रहेछ भन्ने उसको बुझाई रहेछ । ‘जालसाँजी, झेली गर्न नसक्नेले यो देशमा टिक्न सक्दैनन् दाजु’, उसले भन्यो।

विदेश जाने तयारी गर्ने बेलामा पनि दुई रुपैयाँको फोटोकपीलाई पाँच रुपैयाँ तिर्नु परेको, फोटो प्रिन्ट निकाल्न एक सयले हुनु पर्नेमा पाँच सय तिरेको, निःशुल्क भिसा भनिएको ठाउँमा एजेन्टलाई पैसा दिन्छु नभनी नाम ननिस्किएको सुनाएका उनले एयरपोर्ट अगाडि ओर्लदै भनेका थियो–यो  देशमा सबैले ठग्नलायक म बाहेक को छ र? एक बेरोजगार बाहेक को हुन सक्छ र ?  ऊ ओर्लने बेला सम्म सहचालकले तिनकुने र एयरपोर्ट भन्न छाडिसकेको थियो।  अब ऊ भन्दै थियो– गौशाला, चाबेलm, चक्रपथ…।’

buddha lama

पत्रकार बुद्ध लोप्चनले यस्तो प्रतिकृया दिँदै फेसबुकमा सेयर गरे ।

***
गाम्का पुग्दा केटो केही गुण्डा पाराका केटाहरुको घेरामा थियो । एउटा कपाल रातो पारेको केटोले उसको कठालामा समातेको थियो । ‘सय रुपैयाँ दिन्छस् कि सबैको अगाडि उठबस गर्छस्?’

‘दाइ, थाहा नभएर हो । एक चोटीलाई माफ दिनुस्’ उसले भन्यो ।

‘सालेलाई एक मुक्का देन अनि मान्छ।’ टोली सदस्य एक ट्याक्सी चालकले भन्यो । त्यसपछि उसले घर जान जोगाएको एक सय रुपैयाँ दियो।

अरब छिर्ने हजारौं युवा मेडिकल गर्नु अघि गाम्का पुग्ने गर्छन्। गाम्काको भवनमा सर्वसाधरणले प्रयोग गर्ने शौचालय छैन। त्यसको फाइदा ट्याक्सी चालक र  स्थानीय टोले गुण्डाले उठाउँदा रहेछन् । खिया लागेको टिनको बार बेर पारेको ट्वाइलेटमा पिसाब फेरेको प्रति व्यक्ति ५  रुपैयाँ उठाएर बाँडीचुडी खाने रैछन्। केटोले उक्त शौचालय नदेख्नुको सजाय भोगेको रहेछ।

susmita lal

प्राध्यापक तथा पत्रकार सुस्मीता लालले यस्तो प्रतिकृया दिएकी छिन् ।

गाम्काले थापाथली नजिकैको एक मेडिकल सिफारिस गरेको थियो । बीचमा सार्वजनिक बिदा परेकोले हामी दुई दिन पछि पुनः भेट्यौं। पैसा र कागज बुजाएर नाम बोलाउने प्रतिक्षा गर्दैगर्दा ऊ टुप्लुक्क आइपुगेको थियो । ‘दही खाएको हो यार ?’ उसले सोध्यो ।

‘किन र ?’

‘हामीलाई रोक्ने भनेको नै मेडिकल ले हो नि, थाहा छैन ? धेरै जसोलाई त छातीको दागले रोक्छ । त्यसैले दही खानु पर्छ । दाग देखिदैँन।’ उसले भन्यो ।

मेरो नाम आउनै लागेकोले गइन् । उसले भने दही खान गयो।

भोलिपल्ट उसकै नाम ननिस्केपछि अचम्म लाग्यो ‘हिजो दही नखाएको?’ मैले सोधेँ ।

‘खान त खाएको नि । त्यसपछि पानी खान र्बििसएछ । नत्र घालघुल भएर दागसाग देखिदैँन थियो होला।’ उसले पीडामा हाँसो फुराएर भन्यो।

हामी दिक्क मानेर चउरमा कुरा गरेर बसिरहेका थियौं। एक जना मान्छे कानेखुसी गर्न आइपुग्यो–  अलिअलि पैसा दियो भने मेडिकलको रिपोर्ट मिलाउन मिल्छ। मात्र दश हजार लाग्छ।’

‘त्यत्रो पैसा ?’ उसले सोध्यो ।

‘आठ हजारसम्ममा मिल्छ होला।  मेरो मान्छे हुन कुरा गरी दिन्छु।’  कानेखुसी गर्ने मान्छेले भन्यो।

उ अन्तिम पटक यो देशमा ठगिन तयार भयो । गत नोभेम्बर महिनाको पहिलो हप्ता उसले एजेन्टलाई कबुल अनुसारको पैसा पनि बुझायो ।

एयरपोर्टमा बिदाई गर्न उसकी श्रीमती आएकी थिई। उनीहरुको पाँच महिना अगाडि मात्रै विवाह भएको थियो। उसका कानमा गहना थिएनन्।  श्रीमतीका गहना बन्धकी राखेको पैसाले उसले एजेन्टको गोजी भरेको थियो ।

ठक्कर कान्त नभई पासपोर्टमा उसको नाम शोभा कान्त रहेछ । उसले आफ्नी श्रीमतीलाई बन्धक परेको गहना फिर्ता गरेर छिटै शोभा भरी दिने एयरपोर्ट भित्र बाचा ग¥यो ।  श्रीमतीले बिदाईको आँसु खसाली।  श्रीमतीको आँसु नबिलाउँदै आकाशै आकाश ऊ ३ हजार ९ सय १७ किलोमिटर टाढा अरबमा हाम फाल्यो।

ramesh besta

सेतोपाटीमै रविन विष्टले यस्तो प्रतिकृया दिएका रहेछन् ।

“सरकारी र निजी विद्यालयको ‘फ्युजन’ले राम्रो शिक्षा पद्धतिको विकास हुन्छ”

डीके ढुङ्गाना ,महासचिव, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)

  • नया“ शैक्षिक सत्रलाई ध्यानमा राखेर प्याब्सनले केकस्ता योजना अघि सार्दै छ ?

नयाँ शैक्षिक वर्षसँगै विद्यालयहरूलाई व्यवस्थित बनाउन पहिलो हप्तामा नै आचारसंहितासहितको निर्देशन जारी गर्ने तयारी हुँदै छ । त्योभन्दा अगाडि सबै जिल्लाका अध्यक्ष, सचिव र केन्द्रीय समितिको सहभागिता रहेको राष्ट्रिय परिषद्को बैठक गर्दै छौं । परिषद्मा आन्तरिक र साङ्गठनिक सुदृढीकरणका विषयसहित विद्यालयलाई जारी गर्नुपर्ने निर्देशनका विषयमा छलफल हुन्छ । त्यस्तै, पाठ्यक्रमको ’boutमा समेत छलफल गर्दै विद्यालयहरूले गर्नुपर्ने कामहरूका ’boutमा निर्देशन दिने तयारी हाम्रो छ ।

  • निजी शैक्षिक संस्थाप्रति नेपाल सरकारको दृष्टिकोण कस्तो छ ?

सामुदायिक विद्यालयहरूमा एसएलसी परीक्षाको नतीजा खस्किँदै गएको अवस्थामा निजी विद्यालयको भने उत्साहजनक छ । यसबापत राज्यले निजी संस्थाहरूलाई सहयोग, सहुलियत वा प्रोत्साहन दिन सकेको छैन । हामीले नेपालको शिक्षाक्षेत्रमा ठूलो हिस्सा ओगट्दै राज्यलाई ठूलो योगदान दिएका छौं । हामीले दिएको योगदानबापत राज्यले सहयोग र प्रोत्साहन गर्न सक्ने धेरै ठाउँ छन् । त्यसबापत राज्यले हाम्रा लागि सहयोगी हुने नीतिनियम बनाउने काम हुन सकेको छैन । हामीले आफ्नो ठाउँबाट गुणस्तरीय शिक्षाका लागि सक्दो सहयोग गरी नै रहेका छौं ।

  • दुईखाले शैक्षिक पाठ्यक्रम सञ्चालन भइरहेको हाम्रो जस्तो मुलुकमा एकअर्कालाई उपयुक्त हुने शैक्षिक पाठ्यक्रम लागू गर्न सक्ने अवस्था कस्तो छ ?

नेपालका निजी विद्यालयहरूसँग असाध्यै राम्रो व्यवस्थापकीय क्षमता छ । सरकारी विद्यालयमा बढी मात्रामा तालीम भएका र शीपयुक्त शिक्षक छन् । यो दुवै अनुभवलाई एकै ठाउँमा ‘फ्युजन’ गरेर जाने हो भने अत्यन्त राम्रो शिक्षा पद्धतिको विकास गर्न सकिन्छ । तर, हामीसँग भएको क्षमता र उहाँहरूसँग भएको शीपको बीचमा साझेदारी हुन सकेको छैन । आगामी दिनमा नेपालको शिक्षाक्षेत्रलाई माथि उठाउने हो भने सामुदायिक र निजीक्षेत्रबीच साझेदारी आवश्यक छ ।

  • मह“गो शुल्क तिरेर निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले सरकारी सुविधाबाट पनि वञ्चित हुनुपर्ने अवस्थालाई कसरी हेर्नुभएको छ ?

निजी विद्यालयमा अध्ययन गर्दा सरकारी कार्यालयहरूमा काम गर्न पाइँदैन, डाक्टर, इञ्जिनीयर बन्न पाइँदैन भन्ने जस्ता सस्ता नारा दिएर सामुदायिक विद्यालयले निजी विद्यालयमा विद्यार्थी जान रोकेको अवस्था छ । यो निकै आपत्तिजनक विषय हो । विद्यार्थीलाई लोभलालचमा पारेर कुनै पनि शिक्षालयमा तान्ने काम हुनु हुँदैन । सामुदायिक विद्यालयले पनि आफ्नो गुणस्तर सुधार गर्न नियमित पढाउने, पाठ्क्रम पूरा गराउने, नियमित गुणस्तीयता मापन गर्ने जस्ता कार्य गर्दा विद्यार्थीको आकर्षण बढ्छ । निजी विद्यालयमा विद्यार्थीको हेरचाह गरिन्छ । अभिभाकले पनि आफ्ना सन्तानका लागि प्रत्यक्ष शुल्क तिर्ने तथा निगरानी पनि गर्न पाउँछन् । सोहीकारण निजी विद्यालय जवाफदेही भएर काम गर्छन् । यो नै निजी संस्थाको महŒवपूर्ण पक्ष हो । सामुदायिक विद्यालयहरूले भ्रामक कुरा फैलाएर विद्यार्थी भर्ना गर्ने काम गरिरहेका छन् । अहिलेको प्राविधिक युगमा यस्तो कार्य धेरै टिक्दैन ।

  • नया“ शैक्षिक वर्षको शुरू भएस“गै अभिभावकलाई विद्यालय छनोट गर्न दोधार हुने गर्दछ । राम्रो विद्यालय छनोट गर्ने कस्ता विषयमा ध्यान पु¥याउनुपर्छ ?

अभिभावकले सबैभन्दा पहिला आफ्नो क्षमताअनुसारको विद्यालय छान्नु आवश्यक छ । त्यस्तै, आफ्ना सन्तानको भविष्यलाई ध्यानमा राखेर शैक्षिक वातावरण दिनुपर्छ । धेरै लगानी र धेरै हाइफाई गर्दैमा गुणस्तरीय शिक्षा पाइन्छ भन्ने हुँदैन । विद्यालयको व्यवस्थापनको अवस्था, अघिल्ला वर्षहरूमा प्राप्त नतीजा, शिक्षण विधिलगायत विषयमा चासो राख्नुपर्छ । साथै, स्थायित्व भएका विद्यालय छान्नु आवश्यक छ ।

  • कतिपय निजी विद्यालय किन खुल्दै र बन्द हु“दै गर्छन् ?

निजी विद्यालय लगानीको आधारमा सञ्चालन हुने संस्था हो । यसमा लगानी गर्नासाथ आजको भोलि नै प्रतिफल आउँदैन । सेवामूलक संस्था भएकाले अन्य व्यवसायमा जस्तो प्रतिफल पनि प्राप्त हुँदैन । सेवाका साथै आफू स्वरोजगार हुन सकिन्छ भन्ने सोच भएकाहरूले विद्यालय नियमित सञ्चालन गर्न सक्छन् । म यस क्षेत्रमा पैसा लगानी गर्छु र मुनाफा आर्जन गर्छु भन्ने सोचले आएका विद्यालय टिक्न सक्दैन । व्यवसाय गर्ने हिसाबले आएका विद्यालयहरू बन्द भएका हुन् ।

बालबालिकालाई विद्यालयमा भर्ना गर्दै हुनुहुन्छ ? निम्न योजना बनाउनुहोस

  •  नयाँ विद्यालयमा जाँदा तपाईं आफैले आफ्नो बच्चाको परिचय गराउनुहोस् । यसका लगि तपाईं अभिभावक तथा शिक्षकको भेला प्रतीक्षा गरिरहनु जरुरी छैन ।

  • विद्यालयमा भएका अतिरिक्त क्रियाकलापमा तपाईं सहभागी हुँदा बच्चाले घरायसी वातावरणको महसूस गर्छ । आफ्ना क्रियाकलापमा मनैदेखि सहभागी हुन्छ ।

  •  विद्यालयमा भएका अतिरिक्त क्रियाकलापमा तपाईं सहभागी हुँदा बच्चाले घरायसी वातावरणको महसूस गर्छ ।

school

निरन्तर सम्पर्क ः नयाँ विद्यालयमा जाँदा तपाईं आफैले आफ्नो बच्चाको परिचय गराउनुहोस् । यसका लगि तपाईं अभिभावक तथा शिक्षकको भेला प्रतीक्षा गरिरहनु जरुरी छैन । विद्यार्थीलाई भर्ना गराएको केही हप्ता वा महीनामा त्यस विद्यालयलाई चिठी लेख्नुहोस् । चिठीमा शिक्षकलाई आफ्नो बच्चाका लागि केही सहयोग गर्नुपर्ने थियो कि भनेर सोध्नुहोस् । यस कार्यले तपाईं आफ्नो बच्चा र उसलाई पढाउने शिक्षकको निरन्तर निगरानी गर्ने स्वभावको विकास पनि गराउँछ ।

विद्यालयपछि सहयोग ः आफ्नो बच्चालाई विद्यालयको समयबाहेकको समयमा पनि सहयोग गर्ने गर्नुहोस् । विद्यालयमा दिएका कतिपय गृहकार्य बच्चाले नबुझेको पनि हुन सक्छ । तपाईंले दिनुभएको थोरै समय उसका लागि महत्वपूर्ण हुन सक्छ । मानौं, बच्चाले केही प्रोजेक्ट गरिरहेको छ । समयमा गर्न नसक्ने अवस्था आयो भने उसका लागि तपाईंले गरेको थोरै सहयोग पनि सफलताको कारण बन्न सक्छ । यस्तो समय छुट्ट्याउन पनि तपाईंले योजना बनाउनु आवश्यक छ ।

Banjara journal

अवलोकन गर्नुहोस् ः तपाईंको बच्चाले पढ्ने विद्यालय बेलाबेलामा अवलोक गर्न जाने गर्नुहोस् । तपाईं कुनै पेशामा दक्ष हुनुहुन्छ भने त्यसको अनुभव उनीहरूको कक्षामा व्यक्त गर्न पनि सक्नुहुन्छ । विद्यालयले तपाईंका व्यावहारिक र प्रेरक अनुभवका लागि समय दिन सक्छ । यसले तपाईंप्रति बच्चाको विश्वास जित्न र तपाईं जस्तै प्रेरक र सफल बन्ने लक्ष्य बनाउन मद्दत गर्न सक्छ ।
जानकारी राख्नुहोस् ः तपाईंको बच्चाले पढ्ने विद्यालयको नीतिनियम र उद्देश्यका ’boutमा जानकारी लिनु आवश्यक छ । त्यसका लागि विद्यालयको प्रोफाइल बूक तथा बेबसाइट बेलाबेलामा अध्ययन गर्न सक्नुहुन्छ ।

सहभागी हुनुहोस् ः बच्चाले अध्ययन गरिरहेको विद्यालयका कार्यक्रममा सहभागी हुने गर्नुहोस् । विद्यालयको वार्षिक कार्यक्रममा मात्र होइन, त्यहाँ हुने वक्तृत्वकला, चित्रलेखन, हाजिरीजवाफलगायत प्रतियोगितामा पनि सहभागी हुनुहोस् । यस्ता कार्यक्रममार्फत विद्यालयका अन्य कर्मचारीलाई भेट्ने र चिन्ने मौका पाइन्छ । विद्यालयमा भएका अतिरिक्त क्रियाकलापमा तपाईं सहभागी हुँदा बच्चाले घरायसी वातावरणको महसूस गर्छ । आफ्ना क्रियाकलापमा मनैदेखि सहभागी हुन्छ ।

father-son-reading

विद्यालय’bout सोध्नुहोस् ः बच्चालाई कहिलेकाहीँ उसले पढिरहेको विद्यालय र उसले त्यहाँ अनुभव गरेका कुरा’bout सोध्नु आवश्यक छ । यदि सक्नुहुन्छ भने ‘आज तिमीले विद्यालयमा के सिक्यौ ? केमा सहभागी भयौ ? , कस्तो अनुभव ग¥यौ ?’ तिमीलाई मन पर्ने विषय तथा शिक्षक के र को हुन् ? लगायत प्रश्नको उत्तर लेख्न लगाउन पनि सक्नुहुन्छ ।